स्वास्नीमान्छे उपन्यासमा लैङ्गिकता [Sexuality in the Novel Woman]

Authors

  • उमादेवी गुरागाईँ सुकुना बहुमुखी क्याम्पस, मोरङ

DOI:

https://doi.org/10.3126/rupantaran.v5i01.39876

Keywords:

लैङ्गिकता, प्रतिनिधित्व, पहिचान, उत्पीडित, सीमान्तीकृत

Abstract

प्रस्तुत लेख हृदयचन्द्रसिंह प्रधानद्वारा लेखिएको स्वास्नीमान्छे उपन्यासको लैङ्गिकतासँग सम्बद्ध छ । सांस्कृतिक अध्ययनभित्रको एउटा नवीन समालोचनात्मक सैद्धान्तिक अवधारणा लैङ्गिकता हो । लिङ्गका आधारमा समाजद्वारा नारी र पुरुषबिच गरिने सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक आदि विभेदलाई लैङ्गिकता भनिन्छ । यहाँ यसै मान्यताको आधारमा रही उपन्यासभित्र रहेको लैङ्गिक विभेदलाई विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यसमा लैङ्गिक रूपमा उत्पीडित भई सीमान्तीकृत बन्न पुगेका नारी तथा उत्पीडक पुरुष पात्रको प्रतिनिधित्व गराइएको छ । तत्कालीन समाजको स्वरूप पितृसत्तात्मक सामाजिक संरचनामा आधारित भएकाले सुरुमा नारीको पहिचान कमजोर भए पनि अन्त्यमा उत्पीडित महिला र पुरुष एकजुट भई उत्पीडनका विरुद्ध प्रतिरोध गरेर सीमान्तीकृत नारी समुदायको विजय गराइएकाले नारीको पहिचान शक्तिशाली भएको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
117
PDF
136

Author Biography

उमादेवी गुरागाईँ, सुकुना बहुमुखी क्याम्पस, मोरङ

लेखक सुकुना बहुमुखी क्याम्पस, मोरङमा नेपाली विषयको उपप्राध्यापक हुनुहुन्छ ।

Downloads

Published

2021-09-27

How to Cite

गुरागाईँ उ. . (2021). स्वास्नीमान्छे उपन्यासमा लैङ्गिकता [Sexuality in the Novel Woman]. Rupantaran: A Multidisciplinary Journal, 5(01), 125–137. https://doi.org/10.3126/rupantaran.v5i01.39876

Issue

Section

Articles